दक्षिण कोरिया जाने तयारीमा रहेका नेपालीहरुलाई खुशीको खबर

बिहिबार, २४ पौस २०८२

काठमाडौं— दक्षिण कोरिया जाने तयारीमा रहेका नेपालीहरुलाई खुशीको खबर छ ।

सरकारले (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर विभिन्न कारणले हालसम्म अवसर नपाएकाहरुको पक्षमा महत्वपुर्ण निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान ईपीएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवारसमेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय गरेको छ।