रास्वपामा समानुपातिक बन्दसूचीबाट क–कसले नाम फिर्ता लिए ?
काठमाडौं—जन दवाब थेग्न नसकेपछि रास्वपाका उम्मेदवारहरूले समानुपातिक बन्दसूचीबाट भटाभट नाम फिर्ता लिएका छन्।
बालेन, रवि र कुलामनको पार्टी एकतापछि रास्वपाले समानुपातिक प्रणालीको धज्जी उडाउदै बिभिन्न व्यापारिक घरानाका धनाड्य व्यक्तिहरुलाई समानुपातिक बन्द सुचिमा समावेस गरेको थियो ।
आसा गरिएका दलहरुले नै समानुपातिकका नाममा पारिवारिक भर्ति केन्द्र बनाएको आरोप लागेपछि १५ जनाले नाम फिर्ता लिएको जानकारी पार्टीलाई गराएका छन्, जसमा विभिन्न क्लस्टरका व्यक्तिहरू छन्।।
नाम फिर्ता लिन चाहने व्यक्तिले पुस २८ गतेभित्र निर्वाचन आयोगमा निवेदन दिसक्नु पर्नेछ ।
अहिलेसम्म १५ जनाले नाम फिर्ता लिएको विषयमा पार्टीलाई जानकारी गराएको स्रोतले बतायो । स्रोतका अनुसार आदिवासी जनजाति क्लस्टरबाट मिलन लिम्बू, टासी लाक्पा शेर्पा, धर्मलाल तामाङ, सुदेश गुरुङ र महिलामा त्रिसला गुरुङ रहेका छन् ।
यसैगरी खस आर्यतर्फ सचिन ढकाल, अरनिको कुमार पाँडे, गोविन्द नारायण, जनक न्यौपाने र महिलातर्फ सिर्जना ओली रहेका छन् । दलिततर्फ डा.रामजी राम, साजन विक, किशोर गन्धर्व रहेका छन् । र, मुस्लिमबाट आसिफ शाह, मोहना अन्सारी रहेका छन् । बाहिर नाम फिर्ता लिएको घोषणा भए पनि निर्वाचन आयोगमा लिखित निवेदन दिनुपर्नेछ ।
त्यसका लागि कुन क्लस्टरमा क–कसले नाम फिर्ता लिने हो । उसले प्रक्रिया पुर्याएर आएको खण्डमा संशोधन हुनसक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । भट्टराईका अनुसार नाम फिर्ता लिन चाहने व्यक्तिले पुस २८ गते निवेदन दिनुपर्नेछ ।