जेनजी लिडर सुदन गुरुङको गोरखाबाट चुनाव लड्ने घोषणा
काठमाडौं-जेनजी लिडर सुदन गुरुङले गोरखाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
नेपाल नामक संस्थाका संयोजक समेत रहेका गुरुङले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ उनले लेखेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’