निर्वाचनको मुखमा पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोले

शनिबार, २६ पौस २०८२

काठमाडौं—निर्वाचनको मुखमा पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् ।

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सन्देश जारी गर्दै देश नै नरहने खतरा बढेको बताएका छन्।

नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले चिन्तित तुल्याएको बताएका छन्।

उनले भनेका छन्,‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख नहुने उल्लेख गरेका छन्।