प्रतिनिधी सभा निर्वाचनका लागि गोरखा १ बाट कपिल भट्टसहित ३ जनाको नाम सिफारिस
काठमाडौँ – आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गोरखा क्षेत्र नम्वर १ बाट युवा नेता कपिल भट्टसहित ३ जनाको नाम सिफारिस गरेको छ ।
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल भट्टसहित ३ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।
आइतबार बसेको माओवादी जिल्ला समितिको सचिवालय बैठकले कपिल भट्ट, पशुराम पौडेल र बिष्णु रिजालको नाम केन्द्रमा सिफारिस गरेको हो ।
गोरखा मसेलमा जन्मेका युवा नेता भट्ट सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध र जनयुद्ध कालदेखि नै गोरखामा स्थापित नेता हुन् । भट्ट नेकपाभित्र पनि राम्रो नेताका रुपमा स्थापित छिन् ।