मरिसकेको मानिसको नाममा सामाजिक सुरक्षा भत्ता लिने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्धा
काठमाडौं—मरिसकेको मानिसको नाममा सामाजिक सुरक्षा भत्ता लिने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्धा लागेको छ।
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १, का वडाध्यक्ष इश्वर कोइराला भ्रष्टाचारमा तानिएका छन् ।
मरिसकेका व्यक्तिहरुको सहीछाप किर्ते गरेर सामाजिक सुरक्षा भत्ताबापतको रकम हिनामिना गरेको आरोपमा उनीसहित तीन जनाउपर मुद्दा दर्ता भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मुद्धा चलाइएकामा कोइरालासहित तत्कालिन वडासचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापा छन् ।
उनीहरुको मिलेमतोमा आर्थिक वर्ष २०७३–०७४, २०७४–०७५ र ०७५–०७६ मा मृत्यु भइसकेका १४ जनाको सहीछाप किर्ते गरेर सामाजिक सुरक्षा भत्ता बुझिलिएको अख्तियारको ठहर छ ।