काेरियाकाे सियोल थियोलोजिकल युनिभर्सिटीमा दोस्रो चरणको भर्ना आवेदन खुल्यो

मंगलबार, २९ पौस २०८२

काठमाडौं – दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १ घण्टाको दूरीमा अवस्थित सियोल थियोलोजिकल युनिभर्सिटी ( Seoul Theological University)मा मार्च इन्टेक २०२६ का लागि दाेस्राे चरणकाे भर्ना आवेदन खुलेकाे छ । कम्प्युटर ईन्जिनियरिङ र ग्लोबल म्यानेजमेन्ट विषयमा नेपालमै भएकाे अन्तरवार्तामा छुटेका विद्यार्थीलाई मध्यनजर गर्दै विश्वविद्यालयले दोस्रो चरणको भर्ना आवेदन खाेलेकाे हाे ।

विदेशी विद्यार्थीहरूको पठन–पाठनका लागि उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित हुँदै आएको यस विश्वविद्यालयमा उचित शैक्षिक शुल्क संरचना, शान्त र सुरक्षित वातावरण तथा विदेशी विद्यार्थीमैत्री शैक्षिक वातावरणका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको माग उच्च रहेको छ।

नेपालमा समेत विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सन् २०२६ मार्च इन्टेकका लागि यस विश्वविद्यालयले कम्प्युटर ईन्जिनियरिङ र ग्लोबल म्यानेजमेन्ट विषयमा नेपालमै अन्तरवार्ता सञ्चालन गरेको थियो। यसै सन्दर्भमा, उक्त विश्वविद्यालयले पुनः अनलाइन अन्तरवार्तामार्फत दोस्रो चरणको भर्ना आवेदन नेपाली नागरिकता भएका विद्यार्थीहरूका लागि अङ्ग्रेजी माध्यममा स्नातक तह (Bachelor’s Degree) मा खुला गरेको विश्वविद्यालयले जनाएएकाे जानकाेे छ।

इच्छुक विद्यार्थीहरूले निम्न विवरणअनुसार आवेदन दिन सक्नेछन् :

१. आवेदन तालिका

• आवेदन अवधि:

२०२६ जनवरी १४ (बिहान १०:०० बजे) देखि २०२६ जनवरी १५ (अपरान्ह ४:०० बजे) सम्म

 

•आवश्यक कागजात बुझाउने अवधि:

२०२६ जनवरी १४ (बिहान १०:०० बजे) देखि २०२६ जनवरी १९ (अपरान्ह ४:०० बजे) सम्म

 

२. आवेदन योग्यता

• नेपाल वा विदेशबाट १२ कक्षा (High School) सफलतापूर्वक उत्तीर्ण गरेको हुनुपर्ने।

 

३. कागजात बुझाउने प्रक्रिया

• सबै एम्बेस्सी भेरिफायिद (Embassy Verified) भएको आवश्यक कागजातहरू निर्धारित समयभित्र अनलाइन आवेदन अनिवार्य रूपमा बुझाइसक्नुपर्नेछ।

• तोकिएको समयपछि प्राप्त भएका कागजातहरू स्वीकार गरिने छैनन्।

 

थप जानकारीका लागि

विस्तृत विवरण, आवेदन फारम तथा आवश्यक कागजातहरूको सूचीका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट  https://intl.stu.ac.kr/  मा हेर्न सकिने बताइएको छ ।