विश्वकप खेल्न जानुअघि कुशल भुर्तेलको ‘मिट एन्ड ग्रिट’ कार्यक्रम हुँदै
काठमाडौं — टी–२० विश्वकप खेल्न जानुअघि राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल केटीएम कन्सल्टिङ ग्रुपको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागी हुने भएका छन् । केटीएम कन्सल्टिङ ग्रुपको ब्रान्ड एम्बेसडरसमेत रहेका भुर्तेल माघ ३ गते शनिबार ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागी हुने भएका हुन् ।
काठमाडौंको डिल्लीबजारस्थित कन्सल्टेन्सीको कार्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा क्रिकेटप्रेमी फ्यानहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा शुभकामना आदानप्रदान तथा हौसला प्रदान गर्ने अवसर मिल्ने बताइएको छ ।
आयोजकका अनुसार कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ । फ्यानहरूलाई लक्षित गरी आकर्षक उपहारको व्यवस्था गरिएको छ भने सहभागीमध्ये २० जना भाग्यशाली विजेताको नाम कार्यक्रमकै दिन घोषणा गरिनेछ।
कार्यक्रमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीलाई मनोबल बढाउनुका साथै विद्यार्थी र अभिभावकहरूलाई प्रेरित गर्नु रहेको केटीएम कन्सल्टिङ ग्रुपले जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अग्रिम रूपमा अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ। आयोजकले सबै इच्छुक अभिभावक, विद्यार्थी तथा क्रिकेटप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई राष्ट्रिय खेलाडीलाई शुभकामना दिन आग्रह गरेको छ।
