रवि लामिछाने र बालेन शाहलाई जित्न केपी शर्मा ओलीले १ बाई १० को सिद्धान्त प्रयोगमा ल्याए
काठमाडौं—रवि लामिछाने र बालेन शाहलाई जित्न केपी शर्मा ओलीले १ बाई १० को सिद्धान्त प्रयोगमा ल्याएका छन् ।
ओलीले आगामी चुनाव जित्न १ कार्यकर्तालाई हरेक दिन १० स्टाटस् लेख्न, १० म्यासेज पठाउन, १० कमेन्ट गर्न निर्देशन दिएका छन् ।
नेकपा एमालेका उम्मेदवार विजयी हुने सम्भावना प्रवल रहेको बताउँदै ठूलो मतान्तरले जितेर मार्जिन राख्नुपर्नेमा जोड दिए । उनले एमालेनै देशको पहिलो दल बन्ने घोषणा गर्दै त्यही अनुसार फिल्डमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले अहिले थकाइ मार्ने वेला नभएको बताए। ‘४० कटेपछि रमाऔंला’ गीतको प्रसंग झिक्दै ओलीले भने, ‘अहिले थकाइ मार्ने वेला होइन, लागौँ साथीहरू। चुनावपछि थकाइ मारौला।’
आगामी प्रतिनिधि सभाको निर्वाचनमा ‘स्विप आउट’ गर्नुपर्ने उनको भनाइ थियो। ‘यो फागुनमा होस् कि, चैतमा होस् कि जेठमा, चुनाव त हुन्छ। जहिले चुनाव भए पनि हामीले स्विप आउट गर्नुपर्छ,’ उनले भने।
ठूलो मतान्तरले जित्नुपर्नेमा उनको जोड थियो। त्यसका लागि देशभरका कार्यकर्ताले लाग्नुपर्ने बताउँदै ओलीले भने, ‘सानो मार्जिनले होइन, ठूलो मार्जिनले जित्नुपर्छ।’
आगामी चुनावबाट एमालेनै प्रमुख दल बन्ने उनको भनाइ थियो। ‘वडा होइन, टोलटोलमा संगठन भएको सशक्त, एकीकृत जुटेको मजबुत पार्टी अरु कुनै छ र? कसैको पार्टी नै बनेको छैन। हात उठाएर उम्मेदवार खोज्नु परेको छ,’ ओलीले थपे, ‘अरु कोही छँदै छैन त प्रमुख बनिहाल्छ नि।’