समाजसेवी धनराज शाहीले कालिकोट पुगेर बिपन्न विद्यार्थीलाई गरे न्यानो कपडा वितरण
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य धनराज शाही (डीआर) ले तिलागुफा नगरपालिका अन्तर्गत वडा नम्बर ८ ओखरभित्तास्थित हेल्ने माडू आधारभूत विद्यालयका ७५ जना बिपन्न विद्यार्थीलाई ७० हजार बराबरको न्यानो कपडा वितरण गरेका छन् । शाहिले सुक्रबार एक कार्यक्रमकाबीच विद्यालय परिसरमा काठमाडौँको बिभिन्न कपडा कारखानाबाट कलेक्सन गरिएको कपडा विद्यार्थीहरुलाई वितरण गरेका हुन् ।
धनराज शाहीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा लुहारको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा नरेन्द्र चन्द (रमेश) वडा अध्यक्ष तिलक न्यौपाने लगायतको विशेस आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले आफु जन्मेर खेली हुर्केको जिल्ला गाउँ बस्तीलाई केही न केहि सामजिक योगदान गर्नुपर्छ भन्ने उदेश्यकासाथ आफ्नै व्यक्तिगत पहलमा न्यानो कपडा मात्र नभएर यहाको वातावरण सफाईका लागि फोहोर ब्यबस्थापन गर्न डस्बिन, बिभिन्न प्राकृतिक प्रकोपकाको खाद्यान्न जिन्सी सहयोग गर्दै आएको स्मरण गराएका थिए । साथै उनले आफुले गरेको सामाजिक योगदान कुनै स्वार्थ केन्द्रित नभएर बिसुद्ध सामजिक ध्यय भएको स्पस्ट पारेका थिए ।
जाडोको मौसममा आफ्ना बच्चा बच्चीलाई न्यानो कपडा दिएर चिसोबाट लाग्ने बिभिन्न रोगबाट बचाएकोमा शाहीलाई अभिभावकहरुले धन्यवाद समेत व्यक्त गरेका थिए । जनताको अनुहारमा हर्ष देखेर शाहीले अझै सामाजिक कार्यमा जीवन समर्पित गर्ने हिम्मत पलाएको प्रतिक्रिया दिएका थिए । शाहीले बिगत लामो समयदेखि राजनीतिकसंगै समाजसेवा पनि निरन्तर गर्दै आएका छन् ।
सहयोग सामग्री बोकेर कालिकोट पुगेका शाहीलाई स्कुले बाबुनानिहरुले गित तथा ननृत्यबाट न्यानो स्वागत गरेका थिए ।
