चुनावको मुखैमा दुर्गा प्रसाई पुनः जेल जाने खतरा बढ्यो

आइतबार, ४ माघ २०८२

काठमाडौं—चुनावको मुखैमा दुर्गा प्रसाई पुनः जेल जाने खतरा बढेको छ ।

गगन थापा पक्षले ५२ करोड दिएर कांग्रेसको चुनाव चिन्ह र झण्डा कब्जा गरेको आरोप लगाएपछि प्रसाईंविरुद्ध निर्वाचन आयोगले साइवर व्युरोलाई पत्रचार गरेको छ ।

निर्वाचनको मुखैमा यस्ता निराधार आरोप लगाउनेलाई साइबर कानुन अनुसार कारबाही गर्नुपर्ने आयोगको माग छ । यो निवेदन दर्ता भएपछि प्रसाईं पक्राउ पर्नेछन् ।

प्रसाईँले आइतबार आफ्नै निवास भक्तपुरमा गगन थापा पक्षले ५२ करोड दिएर आयोगबाट मान्यता पाएको आरोप लगाएका थिए । भ्रम फैलाएको भन्दै आयोगको आइतबार बसेको बैठकले उनलाई आवश्यक कानूनी कारबाही गर्न पत्राचार गरेको हो ।