बालेन शाह र केपी ओलीलाई हराउन हर्क साम्पाङले समीर तामाङलाई खाली खुट्टा पैदल यात्रासहित झापा पठाए

आइतबार, ४ माघ २०८२

काठमाडौं—बालेन शाह र केपी ओलीलाई हराउन हर्क साम्पाङले समीर तामाङलाई खाली खुट्टा पैदल यात्रासहित झापा पठाएका छन् ।

तामाङले धरानदेखि दमकसम्मको ८५ किलोमिटर खाली खुट्टै यात्रा गरेर मननोयन दर्ता गर्न लागेका हुन् ।

ओली, बालेन दुवैलाई हराएर आफूले जित्ने दाबीसहित श्रम संस्कृति पार्टीका सह–महासचिव तामाङ झापा ५ बाट निर्वाचनमा होमिएका हुन् ।

उनले धरानदेखि दमकसम्मको ८५ किलोमिटर यात्रा खाली खुट्टै छिचोल्न लागेका हुन् ।

म सुनसरीबाटै चुनाव लड्दैछु, ओली र बालेन्द्रलाई हराउन समिर तामाङ काफी छन्,’ साम्पाङले भने, ‘धरान उपमहानगरमा राजीनामा दिएलगत्तै म झापा-५ गएर माटोका लागि मत माग्नेछु।’

आफूले भाषण गरेलगत्तै माहोल आफूहरूको पक्षमा आउनेसमेत उनले बताए। धरानमा एक्लै चुनाव प्रचार गरेर जितेको बताउँदै उनले झापा ५ मा पनि जित हुने जिकिर गरे ।