आफू जेल पर्दापनि अब केही फरक पर्देन : रवि लामिछाने

सोमबार, ५ माघ २०८२

काठमाडौं—रवि लामिछानेले आफू जेल पर्दापनि अब केही फरक नपर्ने बताएका छन् ।

देशले बालेन शाह पाएको जिकिर गर्दै रविले झूटा मुद्दाका कारण आफू फेरि जेल जानुपरे पनि चिन्ता नभएको बताएका हुन् ।

केपी ओली लक्षित टिप्पणी गर्दै उनले हेलिकप्टरबाट भागेका, बच्चालाई टाउको र छातीमा गोली ठोकेकाको सरकारले आफूमाथि लगाएको मुद्दाले कुनै पनि दिन जेल जानुपरे पनि बालेनले देश सम्हाल्ने बताए ।

उनले बच्चालाई गोली हान्ने सरकारले देश र मधेशलाई गरेको हिसाब अब लिनुपर्ने बताए। उनले जनताले भगाएकाहरूलाई अब देश छाड भन्न नपर्ने समेत बताए