धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ : रवि लामिछाने
काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले देशभर मनोनयनको रौनक चलिरहेको भए पनि आफू मिसिन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।
अहिले चितवन २ मा उमेदवारी दर्ता गराउने बेलामा अदालतमा उपस्थित हुनुपरेको बताउँदै भनेका छन्– चितवन २ का मेरा शुभचिन्तक बाटो कुरिरहेका छन् । भ्याएसम्म मनोनयनका लागि आफैँ उपस्थित हुने प्रयासमा छु । नसके वारेसमार्फत् मनोनयन दर्ता हुनेछ ।”
उनले आफूमाथि गरेको पाप र अत्याचारको हिसाब नेपाली जनताले फागुन २१ गते घण्टी बजाएर दिने बताएका छन् ।