प्रधानमन्त्री बन्ने उच्च महत्वकांक्षासहित सर्लाही ४ पुगेका गगन थापाका लागि अमरेशकुमार सिंह बने बाधक
काठमाडौं—प्रधानमन्त्री बन्ने उच्च महत्वकांक्षासहित सर्लाही ४ पुगेका गगन थापाका लागि अमरेशकुमार सिंह बाधक बनेका छन् ।
काठमाडौं ४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापा हार्ने डरले यो पटक सर्लाही झरेका छन् ।
त्यहाँपनि जनतामा निकै लोकप्रिय नेता अमरेशकुमार सिंह गगनका लागि बाधक बनेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसको बागी बनेर चुनाव जितेका उनी यो पटक रास्वपाबाट चुनाव लड्दैछन् ।
देशको पुरानो पार्टी कांग्रेसका नव निर्वाचित अध्यक्ष थापाले विगतदेखि निर्वाचन जित्दै आएको काठमाडौँको सुरक्षित क्षेत्र छाडेर मधेस रोज्नुलाई धेरैले चासोको साथ हेरेका छन्।