महेश बस्नेतलाई हराउन शोभा पाठक मैदानमा
काठमाडौं—महेश बस्नेतलाई हराउन शोभा पाठक मैदानमा उत्रिएकी छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बस्नेतको निवाचन क्षेत्र भक्तपुर २ बाट उनले पनि मनोनयन दर्ता गराएकी हुन् ।
नेपाल जनसेवा पार्टीबाट जेनजी आन्दोलनमा आइकन बनेको जुत्ता चुनाव चिन्हसहित उनी मैदानमा उत्रिएकी हुन् ।
उनी लामो समयदेखि महेश बस्नेतविरुद्ध आरोप लगाउँदै न्यायाको लडाईं लडिरहेकी छन् ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिब खत्रीले उम्मेद्वारी दर्ता गराइसकेका छन् । त्यहाँ नेपाली कांग्रेसका कविर राणा र नेकपाका रामप्रसाद सापकोटा (दिपशिखा) पनि उम्मेदवार छन् ।