गगन थापाले जिउँदा मान्छेलाई इट्टाभट्टामा हालेर पोल्ने अफताब आलमका छोरालाई टिकट दिए

मंगलबार, ६ माघ २०८२

काठमाडौं—गगन थापाले जिउँदा मान्छेलाई इट्टाभट्टामा हालेर पोल्ने अफताब आलमका छोरालाई टिकट दिएका छन् ।

रौतहट क्षेत्र नम्बर २ बाट गगनले आलमका छोरा डा. फिरदोसलाई टिकट दिएसँगै उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर पराजीत भएका फिरदोसलाई गगनले यो पटक उम्मेदवार बनाएका हुन् ।

यो क्षेत्र नेपाली कांग्रेसको गढको रुपमा परिचित छ ।