प्रतिनिधी सभानिर्वाचनः कर्णालीमा १२ सिटकालागि १३८ जनाप्रतिष्पर्धामा
काठमाडौं—कर्णालीमा १२ सिटकालागि १३८ जना चुनामी मैदानमा होमिएका छन् ।
१० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १४ स्वतन्त्र सहित विभिन्न राजनितिक दलका १३८ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा ३० र सबैभन्दा कम मुगुमा सात जनाको उम्मेदवारी परेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढीउम्मेदवारी दर्ता भएको छ । सुर्खेत क्षेत्र नं. १ मा १३ र दुई मा तीन स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी दर्ता भएको छ । अर्को दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा २१ जनाको उम्मेदवारी परेको छ ।
यहाँक्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १० जना र दुईमा दुई स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसपछि सल्यानमा दुई स्वतन्त्रसहित १६, जुम्लामा एक स्वतन्त्र सहित १०, रुकुमपश्चिममा १२, जाजरकोटमा ११, हुम्ला ८, मुगु ७ डोल्पा नौ र कालिकोटमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
रुकुमपश्चिम,जाजरकोट,हुम्ला र मुगु जिल्लामा स्वतन्त्र उम्मेदवारी परेका छैनन् भने सबै भन्दा धेरै चार जना स्वतन्त्र उम्मेदवार कालिकोटमा परेको छ ।
सुर्खेत जिल्ला क्षेत्र नं. १ नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्टपार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र लगायतका १३ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट पूर्व सांसद धुव्रकुमार शाही र राष्ट्रिय प्रजातन्त्रपार्टीबाट रवि किरण हमालले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं. १ मा नेमकिपा, विप्लव नेतृत्वको नेकपामाओवादी, राष्ट्रिय जनमोर्चा, श्रमसंस्कृतिपार्टी, आमजनतापार्टी, जसपा नेपाल, उज्यालो नेपालपार्टी, मितेरी नेपालपार्टी लगायतका १३ दलका उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।
सुर्खेत क्षेत्र नं. २ मा तीनजना स्वतन्त्रसहित १७जनाले उम्मेदवारी दर्ता गरेका छन् । वीरेन्द्रनगर ७ का उदिरामचुनारा, वीरेन्द्रनगर ११ का कृष्णखत्री र वीरेन्द्रनगर ११ कै रमेश परियारले स्वतन्त्रउम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्रनम्बर २ मा नेपाली काँग्रेसका नारायणकुमार कोइराला, नेकपा एमालेका कुलमणी देवकोटा, नेकपाका झकबहादुर राना र राष्ट्रिय स्वतन्त्रपार्टीका रमेश सापकोटाले उम्मेदवारी दर्ता गराए ।
त्यस्तै राष्ट्रियप्रजातन्त्र पार्टीका कविराज पुरी, उज्यालो नेपालका गम्भीरसिंह भुल, नेमकिपाका तल्छीखड्का, जनता समाजवादीपार्टीका दिपबहादुर नेपाली, नेकपा माओवादीका धर्मराज देवकोटा, गतिशिल लोकतान्त्रिकपार्टीका पवनथापामगर, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, नेकपा संयुक्तका प्रेमबहादुर तारामी, श्रम संस्कृतीपार्टीका राजेन्द्र रामजाली र नेपाल जनसेवापार्टीका हृदयचन्द्र अधिकारीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दैलेखकादुई निर्वाचन क्षेत्रमा गरी २१ जनाको मनोनयनदर्ता गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ मा १० जना र दुईमा ११ जनाले उम्मेदवारी दर्ता गराएकाछन् ।
दैलेख निर्वाचन क्षेत्र नः १ मा दैलेख निर्वाचन क्षेत्र नः १ मा नेकपाएमालेका रबिन्द्रराजशर्मा, नेपालीकम्युनिष्टपार्टिका अम्मरबहादुर थापा, नेपालीकाँग्रेसका बासनाथापा,राष्ट्रियजनमोर्चाका नर बहादुर सिह,नेपालमजदुर किसानपार्टीका जगत बहादुर वली, नेपालकम्युनिष्टपार्टी (माओबादी केन्द्र)का रामलालविश्वकर्मा, राप्रपा नेपालबाट रणबहादुर सिह राष्ट्रिय स्वतन्त्रपार्टीबाटनन्दकिशोर बस्नेत, आमजनतापार्टीबाट मेनकाश्रेष्ठले उम्मेदवारी दर्ता गराएकाछन् ।
नारायणनगरपालिका–१० का लोगबहादुर बोगटीले स्वतन्त्रउम्मेदवारी दर्ता गराएकाछन् ।
क्षेत्र नः २ मा नेकपाएमालेका लक्ष्मी प्रसाद पोखरेल, नेपाली कम्युनिष्टपार्टीका योगेन्द्र बहादुर शाही, नेपाली काँग्रेसका दिक्पालकुमार शाही राष्ट्रिय जनमोर्चाका कमल बहादुर बरै मगर, नेपाल मजदुर किसानपार्टीका बखतबहादुर थापा, नेपाल कम्युनिष्टपार्टी (माओबादी केन्द्र)का कलमसिहं राप्रपा नेपालबाट बबिताकुमारी शाही र स्वतन्त्र उम्मेदवार लालबहादुर कठायत र राष्ट्रिय स्वतन्त्रपार्टी बाट बखतबहादुर शाहीले मनोनयनदर्ता गरेका हुन् ।
आम जनतापार्टीका तीर्था कुमारी वंशी मगर (बिक) र स्वतन्त्र उम्मेदवार हिमबहादुर शाहीले मनोनयनदर्ता गरेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जुम्लामा जिल्लामा एक स्वतन्त्रसहित १० जनाको मनोनयनदर्ता भएको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत, कांग्रेसबाट दीपबहादुर शाही, नेपालीकम्युनिष्टपार्टीका नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्रपार्टीका विनिता कठायत र राष्ट्रियप्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले मनोनयन गरेका हुन् ।
नेमकिपाका बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिकपार्टीका मनऋषिधिताल, नेपालजनतापार्टीका रनिलविक्रमशाही, नेपालकम्युनिष्टपार्टीका बिर्खबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका हुन् । स्वतन्त्रउम्मेदवारका रुपमाभक्तबहादुर रावलले उम्मदेवारी दिएको मुख्यनिर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।
सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ १४ राजनीतिक दल र दुई स्वतन्त्र गरी १६ जनाले उम्मेदवार दिएकाहुन् । उम्मेदवारहरु दुई जनामहिला रहेका छन् । नेपालीकाँग्रेसका केशबहादुर बिष्ट, नेकपाका रमेश मल्ल, एमालेका गुलाबजंगशाह, रास्वपाकाललितकुमार चन्द, नेकपामाओवादीकाचन्द्रबहादुर खड्का, नेमकिपाकालालबहादुर थापा, राष्ट्रियप्रजातन्त्रपार्टीबाटअनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालबाटडिल्लीबहादुर घर्ती, प्रगतिशीललोकतान्त्रिकपार्टीबाट सन्तोषकुमार राई, आमजनतापार्टीबाटमानसिंह कामी, संयुक्तनागरिक पार्टीबाटकालीदाशविकछन् ।
जनमोर्चाबाटकमलाडाँगी, मंगोल नेसनल अर्गनाईजेसनबाटबालसिंह घर्ती, श्रम संस्कृतिबाटधनबहादुर बुढा, स्वतन्त्रबाट ध्रुवराजओली र जुद्धकुमार सिंहले उम्मेदवारी दिएको सहायकनिर्वाचनअधिकृत कमलआचार्यले बताए ।
रुकुमपश्चिममाआगामीप्रतिनिधि सभा सदस्यनिर्वाचनकालागि १२ जनाले उम्मेदवारी दर्ता गराएकाछन् । प्रगतिशीललोकतान्त्रिकपार्टीका तर्फबाटजनार्दन शर्मा ‘प्रभाकर’, राष्ट्रियजनमोर्चाका सत्यनारायणश्रेष्ठ, नेपालीकम्युनिस्टपार्टीका गोपालशर्मा ‘अनल’, नेपालमजदुर किसानपार्टीका धनबहादुर बिक, नेकपाएमालेका नन्दराम देवकोटा र राष्ट्रियप्रजातन्त्रपार्टीका गोपालखड्का रहेको मुख्यनिर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्रपार्टीबाटमानबहादुर शाही, नेपालीकाँग्रेसबाट राजु केसी, नेकपामाओवादीबाटचन्द्र बुढा, नेकपा संयुक्तबाट शेरबहादुर केसी, उज्यालो नेपालपार्टीबाट नरेन्द्र केसी र आमजनतापार्टीबाट प्रेमा दमाई नेपालीको उम्मेदवारी दर्ता गराएकाछन् ।
डोल्पामा नेकपाएमालेका लंकबहादुर रोकाया, नेपाली कम्युनिस्टपार्टीका धनबहादुर बुढा र नेपाली कांग्रेसका कर्ण बुढाले उम्मेदवारी दर्ता गराए । प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढा, उज्यालो नेपालपार्टीका दिलबहादुर बिष्ट, राप्रपाका हरिप्रसाद डाँगी, मितेरी नेपाल पार्टीकी जुनु भण्डारी, स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी र राष्ट्रिय स्वतन्त्रपार्टीका देवसी ऐडीले मनोनयनपत्रदर्ता गरेको मुख्यनिर्वाचनअधिकृत चन्द्रदेव भारतीले बताए ।
जाजरकोटमा नेपालीकाँग्रेसका खडकबिसी, नेपालीकम्युनिष्टपार्टीका शक्तिबहादुर बस्नेत, नेकपाएमालेका डम्बरबहादुर सिंह, रास्वपाका रावधकार्की, प्रलोपाका मेषबहादुर ओली, राजमोका रजबहादुर खड्का लगायत ११ जनाले उम्मेदवारी दर्ता गराएकाछन् ।
हुम्लामा नेपाली काँग्रेसका जयपति रोकाया, नेकपाकादीपेन्द्र रोकाया, नेकपाएमालेका दल फडेरा, रास्वपाका टासील्हान्जोम, मितेरी पार्टी नेपालका जयबहादुर शाही, राप्रपाका छक्कबुढा, नेकपा माओवादीका कुम्भबुढा, प्रलोपाका जटिककार्की उम्मेदवार बनेका छन् ।
कालीकोटमा नेकपामाओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहति १० राजनितिक र चार जना स्वतन्त्रउम्मेदवारसहित १४ जनाले उम्मेदवारी दर्ता गराएकाछन् । नेकपाएमालेका नगिन्द्र शाही ‘नेसनल’, कांग्रेसका हर्षबहादुर बम, राष्ट्रिय स्वतन्त्रपार्टीका प्रकाशन्यौपाने, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराजन्यौपाने, राप्रपाका सूर्यबहादुर शाही, नेपालमजदुर किसानपार्टीका नन्दबहादुर शाही, राष्ट्रियजनमोर्चाका अजबहादुर गिरीले पनिउम्मेदवारी दर्ता गरेको मुख्यनिर्वाचनअधिकृत कुलप्रसाद दाहालले बताए ।
मुगुमा प्रगतिशिललोकतान्त्रिकपार्टीका ऐटनकुमार मल्ल, नेपालीकाँग्रेसका खड्क बहादुर शाही, नेकपाकाचन्द्र बहादुर शाही, नेकपाएमालेका पूर्ण बहादुर रोकाया, राष्ट्रियप्रजातन्त्रपार्टीका बल बहादुर मल्ल, रास्वपाकाभुवनटमट्टालगायत सात जनाले उम्मेदवारी दर्ता गराएकाछन् ।