माधवकुमार नेपालले चुनाव लड्न नपाउने सभावना बढ्यो
काठमाडौं—माधवकुमार नेपालले चुनाव लड्न नपाउने सभावना बढेको छ ।
रौतहट क्षेत्र नं.१ का विपक्षी उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएपछि चुनाव लड्न नपाउने सम्भावना बढेको हो ।
यादवले माधवमाथि पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेर निलम्बित अवस्थामा रहेको बताउँदै कानुन बमोजिम निर्वाचन लड्न अयोग्य हुँदा उम्मेदवारी खारेज गर्न माग गरेका छन् ।
उजुरीमा नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गरिएको छ ।
सो मुद्धामा नेपाल हाल विशेष अदालतको धरौटीमा बाहिर रहेका छन् । उनी गत असारमा ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।