हतार–हतार म्याग्दी पुगेर मनोनयन दर्ता गरेका महापुर पुन जितको नजिक

बिहिबार, ८ माघ २०८२

काठमाडौं—हतार–हतार म्याग्दी पुगेर मनोनयन दर्ता गरेका महापुर पुन जितको नजिक पुगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले आफ्नो उम्मेदवारी फिर्ता लिएर पुनलाई सहयोग गर्ने निर्णय गरेपछि उनको विजय निश्चित भएको हो ।

परिवर्तनको नारा लिएर उदाएको रास्वपाले म्याग्दी जिल्लाको हकमा राष्ट्रिय व्यक्तित्वलाई संसदमा पठाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै परम्परागत दलहरूलाई ठूलो दबाब परेको छ ।