८ आठ जना चर्चित उम्मेदवारहरुले आफुले आफैलाई भोट हाल्न नपाउने

शुक्रबार, ९ माघ २०८२

काठमाडौं—आठ जना चर्चित उम्मेदवारहरुले आफुले आफैलाई भोट हाल्न नपाउने भएका छन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रका आठ जना उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने भएका हुन्।

भोट हाल्न नपाउने उम्मेदवारहरुमा महालक्ष्मी उपाध्याय, रामेश्वर राना,तेजप्रसाद उप्रेती, विद्या श्रेष्ठ, युनेश लामा स्याङ्तान , रञ्जना सुवाल, सरोज तामाङ, छविलाल वाइबा लगायतका उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगले आसन्न निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था गरेको छैन। जसले गर्दा एउटा निर्वाचन क्षेत्रमा मतदाता नामावली रहेका उम्मेदवारले अर्को क्षेत्रमा उम्मेदवारी दिँदा मतदान गर्न नपाउने भएका हुन्।