सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार, १० माघ २०८२

काठमाडौं -तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ नारीघाँटस्थित सडकमा बा.प्र ०३-००१ क ०२६८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखा नगरपालिका-१४ बस्ने ६० वर्षीय दल बहादुर थापा मगरको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो सिएमसी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलास्थित सडकमा रा.३ प ६४३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१७ बस्ने ३३ वर्षीया रमा चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती लाईफ केयर मोतीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।