केपी ओलीलाई विमानस्थल सेकुरेटी चेकमा कडाई
काठमाडौं-केपी ओलीलाई विमानस्थल प्रहरीले सेकुरेटी चेकमा कडाई गरेको छ ।
झापाबाट काठमाडौं फर्कने क्रममा प्रहरीले ‘सुन तस्करलाई जस्तो’ गरी जेकजाँच गरेको हो ।
माथिको आदेशभन्दै प्रहरीले अपमानित गरेको जिकिर गर्दै ओलीले आफूमाथि भएको जेकजाँचले आफूलाई सभ्य समाजमै छैनौँ कि जस्तो अनुभूति भएको बताएका छन् ।
ओली झापा-५ मा उम्मेदवारी दर्ता गर्न झापा गएका थिए। उनी शुक्रबार काठमाडौं फर्किएका थिए।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले झापा जाँदा राम्रै व्यवहार भएको तर शुक्रबार झापाबाट आउँदा आफूमाथि एयरपोर्टमा अपमानित व्यवहार भएको बताए।
अस्ति म यताबाट झापा जाँदा एयरपोर्टमा राम्रै व्यवहार गरेको थियो।
हिजो फर्केर आउँदा सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, हैरान पारेको छ,उनले भने।
उनले सरकारको दृष्टिकोण र मति नेताहरूको अपमान गर्ने रहेको र त्यो शुक्रबार देखाएको बताए। उनले देशलाई सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको बताए।