मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान

आइतबार, ११ माघ २०८२

काठमाडौं—मधेश प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा दिउँसो २ बजेसम्म ३०० भन्दा बढीले मतदान गरेका छन् ।​

राष्ट्रियसभाको चार वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेश प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता छन् ।

राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसकेका छन् ।

आज बिहान ९ बजेबाट शुरू भएको मतदानको समय दिउँसो ३ बजे सम्पन्न भएको छ ।