बालेन पत्नी सबिनालाई झापामा भव्य स्वागत
काठमाडौं—बालेन विहिन घरदैलो कार्यक्रमलाई झापावासीले भव्य स्वागत गरेका छन् ।
बालेन पत्नी सविना काफ्लेसहितको घरदैलो कार्यक्रमलाई झापा निर्वाचन क्षेत्र नम्बर ५ स्थानीयले भव्य स्वागत गर्दै बालेनको जित निश्चित भएको प्रतिक्रिया दिएका छन् ।
झापा- ५ अन्तर्गत दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिएको छ । मनोनयन दर्तासँगै केही दिन बसेर उम्मेदवार बालेन्द्र साह (बालेन) फर्किसकेका छन् । अहिले बालेनबिनै रास्वपाका स्थानीय नेता कार्यकर्ताले घरदैलो गरेका हुन् ।
घरदैलो र मतदाता भेटघाटका क्रममा रास्वपाका नेताहरूले स्थानीय समस्या, गुनासा तथा सुझाव संकलन गरिरहेका छन् ।
घरदैलो अभियानमा पार्टीका महिला र युवाको उल्लेख्य सहभागिता देखिएको छ ।
दिउँसो ३ बजेदेखि कमल गाउँपालिका- ५ स्थित पाडाजुगी चोकबाट घरदैलो सुरू गर्ने तालिका बनाइएको थियो ।
कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र शसस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्विका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन भएको छ ।