बालेन शाहसहित पाँच चर्चित नेता निर्वाचन आयोगको फन्दामा
काठमाडौं—बालेन शाहसहित पाँच चर्चित नेता निर्वाचन आयोगको फन्दामा परेका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले बालेन शाह, हर्कराज साम्पाङ, निकोलस भूसाल, महेश बस्नेत र शोभा पाठकलाई स्पष्टीकरण सोधेको छ ।
बालेनले झापा–५, का अर्का उम्मेदवार केपी शर्मा ओलीको पोस्टमा ‘हत्यारा’ भनेको, निकोलसले जेनजीको आइकोनिक जुत्ता आफ्नो चुनाव चिन्ह भनी प्रचार गरेको, हर्क साम्पाङले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको, महेश बस्नेतले बालेनलाई ‘छाउरा’ भनेको र शोभाले आफ्ना प्रतिस्पर्धी उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।
उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्ने समय दिइएको आयोगकी सहप्रवक्ता श्रीसको भनाइ छ ।
यसबाहेक आयोगले आचारसंहिता लागू भएपछि अनुमति नलिई अधिवेशन गर्ने स्वास्थ्य स्वयंसेवक संघ र शिक्षक सरुवाको विषयमा पनि स्पष्टीकरण सोधेको जनाएको छ ।