चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ : कांग्रेस
काठमाडौं—नेपाली कांग्रेसले रास्वपा कांग्रेसका लागि मुख्य प्रतिस्पर्धी नभएको जनाएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा नभई पुरानै पार्टीसँग कांग्रेसको प्रतिस्पर्धा हुने दावि गरेका छन् ।
चालिसेले विशेष महाधिवेशनपछि नयाँ नेतृत्व आएकाले जनतामा विश्वास जागेको बताए । उनले जे भनेपनि देश रास्वपामय बनेको छ ।
चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता पारिएको पनि बताए । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोबारे जानकारी गराउँदै उनले भने,’पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथिमकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ ।’