सरकारले मतदान स्थलहरु सारेर भएपनि निर्वाचन गराउने

बुधबार, १४ माघ २०८२

काठमाडौं—सरकारले मतदान स्थलहरु सारेर भएपनि निर्वाचन गराउने भएको छ ।

हिमाली क्षेत्रमा हिउँ तथा जाडो हुने हुँदा अधिकांश मानिसहरू तल (बेंशी) झर्ने गरेका छन् ।

अधिकांश मानिस तल नै हुने भएकाले उच्च हिमाली क्षेत्रको मतदानस्थल नै सार्नेबारे गृहकार्य सुरु गरिएको गृहमन्त्रालयका एक अधिकृतले बताएका छन् ।

यो समयमा सुरक्षाकर्मीसमेत बेंशीमै हुने गरेका छन् ।

यसबारे सुरक्षा निकायसँग समन्वय गरेर काम सुरु गरिएको छ ।