डा. सुनिल शर्माले १० लाख रुपैयाँ बाँडेको कुरा निर्वाचन आयोगसम्मै पुग्यो
काठमाडौं-डा. सुनिल शर्माले १० लाख रुपैयाँ बाँडेको कुरा निर्वाचन आयोगसम्मै पुगेको छ ।
नेपाली कांग्रेस, मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले यमबुद्ध फाउन्डेसन’लाई १० लाख रुपैयाँ दिएका थिए ।
राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेद्वार भुवनकुमार वाग्लेले मतदाता प्रभावित पार्न रकम बाँडेकाले कारवाहीको माग गरेका छन् ।
चुनावी प्रचारका क्रममा पैसा बाँडेको आरोप लगाउँदै उनीमाथि उजुरी दर्ता गरिएको हो।
सोही क्षेत्रका राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेद्वार भुवनकुमार वाग्लेले शर्माले ‘यमबुद्ध फाउन्डेसन’लाई १० लाख रुपैयाँ दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका छन्।
उजुरीमा मतदाता प्रभावित पार्ने उद्देश्यले रकम दिनु निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै कारबाहीको माग गरिएको छ।
मोरङका निर्वाचन वित्त अनुगमन उपसमितिका संयोजक सोमनाथ उप्रेतीले शर्माविरुद्ध उजुरी परेको पुष्टि गरेका छन्।
उनका अनुसार उजुरीमाथि छानबिन भइरहेको छ र छानबिनपछि रकम दिएको प्रमाण फेला परेमा स्पष्टीकरण मागलगायतका कानुनी प्रक्रिया अघि बढाइनेछ।