बालेनको प्रचारमा गएका व्यक्ति बेहोस

शुक्रबार, १६ माघ २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता बालेन शाहको चुनावी प्रचारमा गएका एक व्यक्ति बेहोस भएका छन् । बालेनसँगै अछाम पुगेका नुवाकोटका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएका हुन् ।

उनले नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।

‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं’ बुढाले भने । उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए ।