चुनावको मुखमा वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना
काठमाडौँ – चुनावको मुखमा प्रचण्डले अर्धसैन्य संरचना ब्युँताएका छन् । नेकपा निकट वाईसीएल नेपालले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता (अर्धसैन्यबल) व्युताएर परिचालन गर्ने भएको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार ‘एक बुथ, सय युथ’ अवधारणा अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा सुरक्षा दस्ता परिचालन हुनेछ ।
वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्सु (एसटीएफ) लाई क्याम्पिङ गरेर राखिनेछ। निर्वाचनका क्रममा हुन सक्ने अवरोध रोक्न र आफ्नो पक्षमा माहोल बनाउन संगठनले ुएक बुथ, सय युथु को अवधारणा अनुसार युवाहरूलाई परिचालन गर्ने तयारी गरेको छ। सम्बन्धित मतदान क्षेत्रकै युवालाई त्यहीँको जिम्मेवारी दिइने र सामाजिक सञ्जालको समेत अधिकतम प्रयोग गरिने अध्यक्ष ओलीले जानकारी दिए।
बैठकले अन्तरपार्टी युवा, विद्यार्थी र ‘जेनजीु युवाहरूसँग समन्वय गर्न छुट्टै संयन्त्र बनाउने तथा सबै प्रदेशहरूमा एकता प्रक्रियाबाट आएका संगठनका नेताहरू सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय समेत गरेको छ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डु र फ्याक्सन इन्चार्ज दीपशिखाले चुनावलाई आफ्नो पक्षमा पार्न र सफल बनाउन युवाहरूलाई विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।