भोट माग्न झापा ५ को गाउँ-गाउँमा छिर्न थाले बालेन

मंगलबार, २० माघ २०८२

काठमाडौँ – सोमबार साँझ झापा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह मतदाता भेटघाटमा व्यस्त भएका छन्।

सोमबार साँझदेखि नै बालेन आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न ठाउँमा पुगेर समर्थक, शुभेच्छुक र सर्वसाधारणसँगको भेटघाटमा व्यस्त भएका हुन्।

रास्वपा झापा- ५ का सभापति भेषराज भट्टराईले बालेन सोमबार साँझदेखि नै चुनावी गतिविधि र घरदैलोमा व्यस्त भएको बताए। यसबीचमा उनले कमल गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग अन्तक्रिया गरेका छन्। कमलका सुकुम्बासी बस्तीमा पुगेर पनि बालेनले मतदाताका कुरा सुनेका छन्।

उनले कमल गाउँपालिकाका वडा सभापति, विभिन्न क्षेत्रका व्यक्तिहरूसँग पनि भेटघाट गरेर समस्या सुन्ने काम गरिरहेका भट्टराईले जानकारी दिए।