कालिकोटको चुनावी माहोल प्रकाण्डको पक्षमा
कालिकोट – नेकपा (माओवादी) ले जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार प्रकाण्डको पक्षमा घर दैलो चुनावी अभियान तिव्र पारेको छ । जिल्लाका ९ वटै पालिकाहरुमा विकेन्द्रीत रुपमा घरदैलो चुनावी अभियान तिव्र पारिएको नेकपा माओवादीले जनाएको हो ।
चुनाबी अभियानको समग्र नेतृत्व एटम सी, विवेक सी र बलवान सीले गर्नु भएको छ । पूर्वी निर्वाचन क्षेत्रका पालिकाहरुमा दिनेश सीको नेतृत्वमा महावै गाउँपालिकामा विषम सी, तिलागुफा नगरपालिकामा रमेश सी,शुभकालिका गाँउपालिकामा सुनिल सी, खाँडाचक्र नगरपालिकामा सरलसीले नेतृत्व गरेका छन । यस्तै जिल्लाको पश्चिम निर्वाचन क्षेत्रकापालिकाहरुमा नरहरीनाथमा अडिक सी, शान्नित्रिवेणीमा सुवास सी, रास्कोटमा निर्देशन सी, पलातामा साहसी सी र पचलझरनामा रणदिप सीको कमाण्डमा घरदैलो चुनावी अभियान चलिरहेको छ ।
नेकपा माओवादीले अहिले विवेन्द्रीत रुपमा घरदैलो चुनावी अभियान चलेको भएपनि केही दिन भित्रै केन्द्रीत चुनावी अभियान सुरु हुने जनाएकोछ । उम्मेदवार प्रकाण्ड एक दुईदिनमा कालिकोट पुग्ने भएकाले उहाँकै नेतृत्वमा केन्द्रीयत चुनावी अभियान चल्ने जिल्ला इन्चार्ज विवेक सीले जानकारी दिनु भयो । अभियानमा क्रममा जनताले प्रकाण्डप्रति सकरात्मक सहानुभूति दिएका छन । एकपटक प्रकाण्डलाई भोटदिने पनि बचन दिएका छन ।कालिकोटका मतदाताहरु भन्छनः ‘देश र जनता बचाउने नेता प्रकाण्ड हुन, मत दिन तयार छौ ।’
२० माघ,कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाका मतदाताहरुले देश र जनता बचाउन सक्ने राष्ट्रवादी नेता खड्ग बहादुर विश्वकर्मा ९प्रकाण्ड० मात्र देखेएकाले आफूहरु निर्वाचनमा प्रकाण्डलाई भोट दिने बताएका छन ।
सोमबार नेकपा ९माओवादी० खाँडाचक्र नगरपालिकाको चुनाव प्रचार प्रसार समितिले वडा नम्वर १ का मतदाताहरुसंग गरेको ‘घरदैलो भेटघाट अभियान’मा मतदाताहरुले देश र जनता बचाउन सक्ने राष्ट्रवादी नेता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) मात्र भएको भन्दै आफूहरु निर्वाचनमा भोट दिन तयार भएको बताएका हुन ।
वडा नम्वर १ का स्थानीय मतदाता धनबहादुर शाहीले जनयुद्धकालदेखि संघर्ष गर्दै आएको एकमात्र राष्ट्रवादी नेता प्रकाण्ड भएको भन्दै आफू मतदिन तयार भएको बताउनु भएको छ ।
चुनाव प्रचार प्रसार समितिसंग मतदाता शाहीले भन्नु भयो ‘पटक पटक अरुलाई जिताएका छौ, कोहीले केही गरेनन्, संविधान बनाउने बेला प्रकाण्डलाई जितायौ, तर संविधान जनताको चाहेको भएन भनेर अलग हुनु भयो, अहिले चुनावमा आउनु भएको छ,उहाँ कालिकोट मात्र होईन कर्णालीकै नेता हो । जनताको पक्ष र देशको पक्षमा संघर्ष गर्ने नेता हो,मैले भोट प्रकाण्डलाई नै दिन्छु अरुलाई पनि दिन आग्रह गर्छु ।’
मतदाताहरुले बेला बेला जिताएका नेताहरु जनताको समस्या बुझन गाउँमा नआएको गुनासो पनि गरेका छन । मतदाताहरुले प्रतिनिधि सभाका उम्मेदवार प्रकाण्डलाई नै गाउँमा ल्याउन सुझाव दिएका छन ।
‘माओवादी विभाजन हुदा प्रकाण्ड १८ बर्षसम्म चुनाव लड्न आएनन, अब यतिवेला आउनु भएको छ, हामी एकमतले भोट दिने सल्लाह गरेका छौ’ वडा नम्वर १ कै मतदाता रने कामीले भन्नु भने, । उहाँले कर्णालीको थिचो मिथो हटाउने पहिलो नेता प्रकाण्ड भएको भन्दै भोट दिने बचन दिनु भयो । ‘जो देश बचाउने नेता हो,’ जो जनताको मुक्ति गर्ने नेता हो, हामीले त्यही नेता जिताउनु पर्छ। यस्तै अर्का मतदाता भट्टी कामीले महिलाहरुको हक अधिकार ल्याउने र यत्तिकोबोल्ने बनाउने पार्टी माओवादी भएको र यसका नेता प्रकाण्ड भएको भन्दै सबैले उहाँलाई मत दिने विश्वास गरेको बताइन ।
मतदाताहरुले सामन्ती व्यवस्थाका विरुद्ध कालिकोटबाट ठुलो संघर्ष गर्ने पहिलो नेता प्रकाण्डनै भएको दाबी गर्दै उहाँको विकल्प कोही हुन नसक्ने बताएका छन ।
सहिद परिवार र संघर्षशील नेता प्रकाण्ड भएकाले आफूहरु मत दिन तयार भएको अर्का मतदाता जेनजी युवा मनराज गोरालले बताए । उहाँले भन्नु भयो ‘हामी युवाहरु प्रकाण्डलाई मत दिने हो । अरु कसैको पनि नाम लिन चाहान्नौ, हाम्रो जिल्लाको सबै भन्दा ठुलो नेता प्रकाण्ड हुन, कालिकोटवासी सबैले उहाँलाई भोट दिनु हुनेछ, म पनि दिनेछु ।’
जेनजी युवा गोरालले जसले जे भनेपनि कालिकोटबाट मात्र नभई कर्णालीकै लागि प्रकाण्ड जस्तो नेता देशको लागि चाहिने बताए । उनले जसरी पनि यो पटक प्रकाण्डलाई गुलाफको फुल चुनाव चिन्हमा मत दिएर जिताउन कालिकोटवासी सबै जनतालाई अपिल पनि गरे ।

