कालिकोटका पहाडहरू अझै पनि सहिदको रगतले भिजेका छन्
कालिकोट – १० वर्षे जनयुद्धको आधारभूमि कालिकोटका पहाडहरू अझै पनि सहिदको रगतले भिजेका छन्, तर ती पहाडमा बगेको रगतको मूल्यलाई सत्ताको कुर्सीसँग साटिएको भन्दै सहिद परिवारले विद्रोहको चेतावनी दिएका छन्। जनयुद्धका अमर सहिद जनम बराल (विवश) का भाइ मोतीलाल बरालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अवसरवादी राजनीतिको कडा शब्दमा भत्र्सना गर्दै अबको आशा केवल विप्लव र प्रकाण्डमा मात्र रहेको उद्घोष गरेका छन् ।
१७ हजार सहिदको बलिदानीमाथि प्रचण्डको गद्दारी सहिद भाइ मोतीलाल बरालको आक्रोशको पारो निकै तातिएको छ। उनि भन्छ , ‘मेरा दाजु जनम बरालले कुन सपनाका लागि ज्यान दिएरु के प्रचण्डलाई बालुवाटार पुर्याउन र माधवकुमार नेपाल जस्ता प्रतिक्रियावादीको वैशाखी टेकाउन कालिकोटका छोराछोरी मर्नुपरेको होरु १७ हजार सहिदको सपनालाई प्रचण्डले एमाले र कांग्रेसको गोजीमा हालेर बेचिदिए।’ बरालले अगाडि थप्नुभयो— ूजसले जनयुद्ध दबाउन टाउकोको मूल्य तोके, जसले हाम्रा योद्धाहरूमाथि बन्दुक तेर्स्याए, आज प्रचण्ड तिनैको शरणमा पुगेका छन्। यो कालिकोटका सहिदहरूको रगतमाथि गरिएको चरम अपमान हो।’
आफ्नैलाई पाखा, अवसरवादीलाई काखा समाचारको क्रममा बरालले प्रचण्डको ‘पकेट राजनीतिु को पर्दाफास गर्दै भने, कि माओवादी आन्दोलनका इमानदार खम्बाहरूलाई षड्यन्त्रपूर्वक किनारा लगाइयो। जनार्दन शर्मा र बाबुराम भट्टराई जस्ता नेताहरूलाई पाखा लगाएर पार्टीलाई निजी कम्पनी बनाइएको।
सुदन किराती जस्ता उर्जावान र काम गर्न खोज्ने युवाहरूलाई अपमानित गरी सत्ताको खेलबाट बाहिर राखिएको।विगतमा आफूलाई मार्न खोज्नेहरूसँग घाँटी जोड्नु नै प्रचण्डको पतनको कारण रहेको।
कालिकोटको अबको बाटोस् विप्लव र प्रकाण्डको नेतृत्व कालिकोटले सधैं क्रान्तिको नेतृत्व गरेको भन्दै मोतीलाल बरालले अबको क्रान्तिकारी विकल्प नेत्रविक्रम चन्द ‘विप्लवु र कालिकोटकै माटोका सन्तान खडकबहादुर विश्वकर्मा प्रकाण्डु मात्रै भएको दाबी गरे ।’’प्रचण्डले आन्दोलनलाई विसर्जन गरे पनि क्रान्तिको ज्वाला निभेको छैन। अबको बाँकी सपना पूरा गर्ने साहस विप्लव र प्रकाण्डसँग मात्र छ। कालिकोटका सहिदका सपना साकार पार्न र १७ हजार सहिदको रगतको हिसाब माग्न अब सबै क्रान्तिकारीहरू विप्लव नेतृत्वको नेकपामा गोलबद्ध हुनुको विकल्प छैन, बरालले दृढताका साथ भने ।,
कालिकोटमा फेरि विद्रोहको संकेतसहिद जनम बरालका भाइको यो आक्रोश केवल एक व्यक्तिको आवाज मात्र होइन, यो कालिकोटका हरेक बस्ती, पिलीका पहाड र कर्णालीको सुस्केरा हो। प्रचण्डले सहिद परिवारलाई बिर्सिए पनि कालिकोटले आफ्ना सहिदको सपना बिर्सिएको छैन। मोतीलाल बरालको यो चेतावनीले कालिकोटमा माओवादी आन्दोलनभित्र नयाँ ध्रुवीकरणको संकेत गरेको छ।