फ्रान्सको दोश्रो ठूलो एजुकेशन ग्रुप नेपालमा, स्टडी कनेक्टले दिने छ अवसर
काठमाडौं – फ्रान्सको दोश्रो ठूलो एजुकेशन ग्रुप नेपाल आएको छ । स्टडि कनेक्ट नेपालको निमन्त्रणामा OMNES Education (one of France’s leading private higher-education groups) का साउथ एसिया म्यानेजर Maud Le Bars १९ शैक्षिक संस्थाको नेतृत्व गर्दै नेपाल आएकी छन् ।
नेपाल आएर उनले आफ्नो शैक्षिक समूह र फान्स अध्ययनका बारेमा नेपाली विद्यार्थीलाई जानकारी ग राएकी छन् । फान्स अध्ययन सम्बन्धी विश्वासिलो तथा भरपर्दो शैक्षिक परामर्श संस्था स्टडी कनेक्ट नेपालको कार्यालयमा आयोजित इन्फरमेशन सेसन्समा उनले १९ ओटा शैक्षिक संस्थाबाट विश्वस्तरको शैक्षिक गुणस्तर कायम गरेको बताएकी थिइन् । सोमबार र मंगलबार आयोजित सेमिनारमा Maud Le Bars ले व्यवहारिक, जीवनउपयोगी, गुणस्तरिय शिक्षा प्राप्तिका लागि स्टडी कनेक्समार्फत फ्रान्स Maud Le Bars का कलेजमा भर्ना हुने अनुरोध गरेकी थिइन् ।
इन्फरमेशन सेशनमा फ्रान्स अध्ययनका लागि योजना बनाएका, भिसा आवेदन दिएका र भिसा लागेका करिब २/२ सयबढी विद्यार्थीको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीले स्टडि कनेक्टले आयोजना गरेको कार्याक्रमबाट आफूहरुले राम्रो परामर्श पाएको प्रतिक्रिया दिएका थिए ।
इन्फरमेशन सेसनमा स्टडि कनेक्टका सीइओ प्रकाश ढकालले सहजिकरण गरेका थिए । उक्त अवसरमा ढकालले आफूहरुले विद्यार्थीलाई सहि परामर्श दिएर नेपाली विद्यार्थीलाई फ्रान्स अध्ययनका लागि पठाउने गरेको बताए । उनले फ्रान्स शैक्षिक गुणस्तर लागि निकै राम्रो गन्तव्य भएको बताउँदै भविश्य बनाउने सोच भएका विद्यार्थीका लागि स्टडी कनेक्टले सहयोग गरिरहेको जानकारी दिएका थिए ।
