उट्पट्याङमा रमाइरहेका रास्वपा उम्मेदवारको अर्को काण्ड बाहिरियो
काठमाडौं—उट्पट्याङमा रमाइरहेका रास्वपा उम्मेदवारको अर्को काण्ड बाहिरिएको छ ।
भीमसेन थापालाई ‘मतियार’ भनेर बदनाम बनेक सुधन गुरुङले पसलमा राखिएको डमीसँग भोट मागेका छन् ।
घण्टी चुनाव चिन्ह लिई गोरखा–१ बाट उठेका गुरुङले ‘मलाई भोट दिनुहोला, म घरदैलो गर्दै आएको हो’ भन्दा पनि डमी नबोलेपछि चस्मा खोलेका थिए । चस्मा खोल्दा डमी भएको थाहा भएपछि माफी मागेका छन् ।
गत भदौ २३ गते जेनजी आन्दोलनमा पानी बाँड्दा बाँड्दै नेता भएका सुधन यस्तै उट्पट्याङ कामले चिनिन्छन् ।
आन्दोलनलगत्तै संविधान राखौँ कि च्यातौं भन्ने अराजनीतिक टिप्पणी गरेका उनले केही समयअघि रवि लामिछाने र बालेन्द्र साहलाई यौटै कोठामा थुनेर बाहिरबाट ताल्चा लगाइदिएका थिए ।
कुलमान घिसिङलाई रास्वपामा जबर्जस्ती मिसाउने काम पनि उनैले गरेका हुन् ।
सुधनमात्र होइन चुनाव जित्न अनेक चटक देखाउनेमा घण्टीका अन्य उम्मेदवार पनि छन् ।
सो पार्टीबाट धादिङ-१ मा उठेकी आशिका तामाङले कुखुराको भाले र बाख्राको पाठोसँग भोट मागेकी थिइन् । नुवाकोट २ का अच्युतम लामिछाने मतदाताको अगाडि लम्पसार परेका थिए ।