१३ जनाको ज्यान जानेगरी बैतडीमा भएको कहालीलाग्दो बस दुर्घटनाको रहस्य खुल्यो

शुक्रबार, २३ माघ २०८२

काठमाडौं—१३ जनाको ज्यान जानेगरी बैतडीमा भएको कहालीलाग्दो बस दुर्घटनाको रहस्य खुलेको छ ।

दुर्घटनालगत्तै फरार रहेका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा दुर्घटनाको रहस्य खुलेको हो ।

घुम्तीमा कटिङ नपुगेपछि ब्याक गरी मोड कटाउन खोज्दा ब्रेक फेल भएर बस भीरबाट खसेको बसका चालक वीरेन्द्र बुढाले बयान दिएको प्रहरिले जनाएको छ ।

बिहीबार बेलुका बैतडीको र्चौडी नगरपालिका –७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा बढ्गाउँ मोडबाट बस खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परिघाइते भएका ३४ जना मध्य गम्भीर रहेका पाँच जनालाई थप उपचारका लागि कैलालीको धनगडीका लागि रेफर गरिएको छ ।

साँघुरो बाटो र ओभरलोडका कारण दुर्घटना भएको भनिएको छ।

बित्थडचिर गाउँपालिका – ७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारीले बेहुलीको घर बाट बिदाइ भइ हिडडेको जन्ती बस पाँच सय मिटर पुग्दा नपुग्दै दुर्घटनामा परेको बताए ।

साँघुरो बाटो उकालो पनि छ। दुर्घटनाबारे गहिरोसँग अनुसन्धान हुनु पर्छ,वडाध्यक्ष अधिकारीले भने।

उत्साहपूर्वक फर्किदै गरेको जन्ती बस दुर्घटना भएपछि वडामा सन्नाटा छाएको उनले बताए।

दुर्घटनाका घाइते मध्य पाँच जनाको डडेलधुरा अस्पतालमा राति नै मृत्यु भएको थियो ।

डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका – ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्यूँ गाउँपालिकका – ७ का २७ वर्षीय केशवराज भट्ट, र पचौंडी नगरपालिका – ७ का १४ वर्षीया सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।

बैतडीका प्रहरी प्रमुख डिएसपी रायका अनुसार पहिले नै बित्थडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी र १३ वर्षीय अशोकराज जोशीको मृत्यु भएको थियो। उनीहर बाबु छोरा हुन । ४२ वर्षीय नरेशराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी दाजु भाइ हुन्।

२४ वर्षीय वसन्त जोशी बेहुलाका काकाका छोरा हुन्।

मृतक मध्य बझाङको जयपृथ्वी नगरपालिका – ७ का ४० वर्षीय वसन्तराज रतला बेहुलाका भिनाजु रहेको खुलेको छ।