उम्मेदवारले बालिका मारेर फरार भएको घटनाबारे रास्वपाले बल्ल मुख खोल्यो

शुक्रबार, २३ माघ २०८२

काठमाडौं—आफ्नो पार्टीको उम्मेदवारले बालिका मारेर फरार भएको घटनाबारे रास्वपाले बल्ल मुख खोलेको छ ।

चुनावी प्रचार प्रसारको क्रममा बिहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको गाडीले ठक्कर दिँदा ज्यान गएको खबरले पार्टीलाई स्तब्ध बनाएको बताएको छ ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न र कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

साथै, पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको समेत उल्लेख गरेका छन् ।