राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लामै लखेटिए
काठमाडौं—राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लामै लखेटिएका छन् ।
मनोनयनका दिन सुर्खेत छोडेर रुँदै जुम्ला पुगी प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका शाहीलाई आफ्नै क्षेत्रका मतदाताले खुकुरी देखाउँदै लखेटेका हुन् ।
स्रोतका अनुसार चुनावी प्रचारको लागि शाहीको समूह हिजो साँझ लिताकोट पुगेको थियो ।
तर त्यहाँका जनताले ०७९ को निर्वाचनमा मत दिएर जिताउँदा पनि केही गर्न नसकेको भन्दै शाहीलाई ‘जुन बाटो आएको हो, त्यही बाटो फर्किनुस्’ भन्दै मतदाताले लेखेटेका हुन् ।
स्थानीय आक्रोशित हुदा वातावरण तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरेर माहोल साम्य पारेको प्रत्यक्षदर्शीले जनाएका छन् ।