चुनाव जितेर पहिलो पार्टी बन्ने दाबी गर्दै आएका केपी ओली गम्भीर संकटमा
काठमाडौं—चुनाव जितेर पहिलो पार्टी बन्ने दाबी गर्दै आएका केपी ओली गम्भीर संकटमा पर्ने भएका छन् ।
ओलीको चुनावी तालमेल प्रस्ताव कांग्रेस र नेकपाले अस्वीकार गरेपछि एमाले संकटमा परेको छ ।
आगामी निर्वाचनमा खासखास क्षेत्रमा चुनावी तालमेलका लागि गरेको प्रस्ताव अन्य पार्टीले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको हो ।
एक्लै निर्वाचन लड्ने घोषणासहित माघ ६ गते उम्मेदवारी दर्ता गरेका कांग्रेस, एमाले र नेकपाले मतदान मिति नजिकिँदै जाँदा निश्चित निर्वाचन क्षेत्रहरूमा चुनावी तालमेलको प्रयास गरेका थिए ।
त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका थिए ।