मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

आइतबार, २५ माघ २०८२

काठमाडौं—मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।

निर्वाचन बिथोल्न सक्रिय भएको आरोपमा प्रसाईंलाई गत शुक्रबार काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरिएको थियो ।

प्रसाईंका विभिन्न उग्र अभिव्यक्ति तथा गतिविधिका कारण पछिल्लो समय विवादमा रहँदै आएका छन्।

यसपालि पनि अनुसन्धानको प्रक्रिया जारी राख्दै हाजिर जमानीमा रिहा गरिएको प्रहरी स्रोतले जनाएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं यसअघि पनि सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका थिए।