रवि लामिछाने र बालेन साहले निर्वाचन आयोगको धज्जी उडाए

बुधबार, २८ माघ २०८२

उता बालेनले पनि आचारसंहितको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहितको उपदफा ९र० मा भनिएको छ, ‘राजनीतिक दल वा उम्मेद्वार सवारी साधन प्रयोग गरी एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपोसार गर्न नपाइने।’ तर आज बिहान मधेश यात्रामा निस्केका बालेन भने एक दर्जन बढी गाडीको लस्करसहित सप्तरी, सिरहा हुँदै महोत्तरी पुगेका छन् । केही गाडीमा बालेनको सचिवालय कर्मचारी देखिए पनि अन्य गाडीमा भने विभिन्न जिल्लाका मतदाता नै देखिन्छन्, जुन प्रथम दृष्टिकोणमै आचारसंहिता विपरित देखिन्छ ।

त्यस्तै, आचारसंहितको उपदफा ९न० अनुसार प्रचार प्रसारमा हिँडे पनि दश वटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न पाइँदैन । तर रवि र बालेनले त्यसको पनि मजाक बनाएका छन् । उनीहरुको जुलुस सभामा तोकिएको भन्दा दश गुणा बढी राष्ट्रिय झण्डा प्रयोग भएको सार्वजनिक फोटो तथा भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

उता, निर्वाचन आयोगले रवि र बालेनको गतिविधिलाई ‘नोटिस’मा लिइएको जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका सामाग्री र विभिन्न उजुरीको आधारमा दुई जनालाई निगरानीमा राखिएको आयोगको कानुन अधिकृत मोहन जोशीले जानकारी दिए । ‘अहिले सबैभन्दा बढी चासो नै उहाँहरुको गतिविधिमाथि छ, हामीले निर्वाचन अधिकृतको कार्यालयलाई यो कुरालाई गम्भीरमा रुपमा लिएर एक्शन लिन निर्देशन दिएका छौँ’, उनले भने, ‘अझै कोही प्रमाणसहित उजुरी लिएर आयो भने झन हामीलाई सजिलो हुन्छ, दुवैलाई नोटिसमा लिएका छौँ ।’