मदेशमा स्थापित दलका उम्मेदवार नै रवी लामिछानेको पार्टीमा प्रवेश

बुधबार, २८ माघ २०८२

काठमाडौं—मदेशमा स्थापित दलका उम्मेदवार नै रवी लामिछानेको पार्टीमा प्रवेश गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा -३ का उम्मेदवार राजीव कुमार झा रास्वपा प्रवेश गरेका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्षसमेत रहेका झाले रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्न रास्वपा प्रवेश गर्न लागेका बताएका छन् ।

उनले अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर आएकाले यो नगुमोस भनेर यस्तो कदम चालेको स्पस्ट पारेका छन् ।

राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले ‘घण्टी’ चिह्नका उम्मेदवार मनिष झालाई समर्थन गरेका हुन् ।

केही दिनअघि मात्र रामुपाका केन्द्रीय कार्यकारणी समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सचिव सञ्जय चौधरीसहित धनुषाका अधिकांश नेताहरू पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।

झा रास्वपामा प्रवेश गरेसँगै धनुषा– ३ को चुनावी समीकरण फेरिएको छ।