एईसीसी ग्लोबलको युके एड्मिसन डे’ सम्पन्न, २ सय बढी विद्यार्थीहरुको सहभागिता
काठमाडौँ – विदेश अध्ययनको विश्वासिलो शैक्षिक परामर्श संस्था एईसीसी ग्लोबलको युके एड्मिसन डे’ भब्य रुपमा सम्पन्न भएको छ। एईसीसीको नयाँ बानेश्वोर शाखामा बिहिबार सम्पन्न एड्मिसन डेमा विद्यार्थीले विश्वविद्यालयमा भर्नाका साथै, विश्वविद्यालय कलेजको शैक्षिक वातावरण, कोर्ष, होस्टेल लगायत विश्वविद्यालय, कलेजको सुविधाको बारेमा प्रत्यक्ष जानकारी पाएको र अध्ययनको लागि युके उत्कृष्ट गन्तब्य भएको प्रतिक्रिया दिएका थिए ।
एड्मिसन डे’ मा युकेका ३० भन्दाबढी ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई प्रत्यक्ष परामर्श दिएका थिए । सहभागी विद्यार्थीहरुले आफुले पढ्न चाहेको कोर्स विश्व विद्यालयको सैक्षिक वातावरण, छात्राबृति लगायतको बिषयमा प्रत्यक्ष परामर्श लिन पाउदा अत्यन्तै हर्षित रहेको दिएका छन् ।
एड्मिसन डेमा उपस्थित शैक्षिक संस्थाका प्रतिनिधिले उपस्थित विद्यार्थी सबै विद्यार्थीहरुले आफ्नो सैक्षिक संस्थाका बारेमा गहिरो प्रश्न गरेको र आफ्नो परामर्शबाट विद्यार्थी प्रफुल्ल भएको बताउदै आफुले प्रतिनिधित्व गर्ने सैक्षिक सस्थामा बारेमा भएका सबै कन्फ्युजन क्लियर गर्न पाउदा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।
विहान ११ बजेदेखि सुरु भएको एड्मिसन डेमा २ सय बढी विद्यार्थीको सहभागी रहेको थियो । फेयरमा सहभागी विद्यार्थीहरुले बिभिन्न किसिमका गिफ्ट ह्यापर, पिजा भौचका साथै मुभी टिकटसमेत पाएका थिए। एईसीसीले हरेक महिना एजुकेशन फेयर गरेर विद्यार्थीलाई सहि परामर्श दिदै आएको छ ।
