रास्वपाले भारतबाट बस रिजर्भ गरी मतदाता ओसार्ने 

बुधबार, २८ माघ २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतमा रहेका नेपालीलाई भोट हाल्नका लागि नेपाल ल्याउन बस रिजर्भ गरिदिने भएको छ । पश्चिमी पहाडी क्षेत्रमा कमजोर देखिएको रास्वपाले त्यहाँ आफ्नो पकड बलियो बनाउन र मत प्रभावित पार्न प्रवासी नेपालीलाई भोट हाल्न ल्याउने अभियान शुरु गरेको हाे ।

‘प्रवासी फर्क’ नामक त्यो अभियानअन्तर्गत भारतीय विभिन्न शहरबाट नेपाल आउने बसहरू रिजर्भ अवस्थामा राखिएको रास्वपा नेताहरूले जनाएका छन् । नेपालबाट कामकाे शीलसीलामा लाखाैं नेपाली भारतको बेङ्गलोर, नयाँ दिल्ली, नैनिताल, मुम्बई लगायतका सहरमा छन् ।

ती सहरबाट बस रिजर्भ गरी ल्याएर आफ्नो पकड बलियो बनाउन र मत प्रभावित पार्न रास्वपाका प्रवासी संगठन, भारतले अभियान चलाएको हाे । फागुन १३ र १४ गते नेपाल आइपुग्ने गरी तयारी भइरहेको छ‌ ।

यसअघि नै युरोप–अमेरिकादेखि खाडी मुलुकसम्म रहेका नेपालीलाई आफ्नो घरमा फोन गरेर यसपटक घण्टीमा मतदान गर्न लगाउने अभियान ०७९ मा बालेन र रविले झैं चलाइसकिएको छ ।

‘कल योर प्यारेण्ट्स’ अभियानअन्तर्गत विदेशमा रहेका छोराछोरीले बाबुआमा र परिवारका सदस्यहरूलाई फोन गरेर अरू केही नसोची यसपटक घण्टीमा मतदान गर्न पटकपटक भन्ने योजना अन्तर्गत काम शुरु भइसकेको छ । त्यसका लागि हरेकजसो मुलुकमा क्याम्पेन नै चलाइएको जा