नेकपा माओवादी गोरखाले एक आपसमा सुभकामना आदानप्रदान गर्दै मनायो ३१ औं जनयुद्ध दिवश

शुक्रबार, १ फाल्गुन २०८२

गोरखा – नेपाल कम्युनिस्ट पार्टी  (माओवादी ) गोरखाको आयोजनामा ३१ औं जनयुद्ध दिवसको अबसरमा शुभकामना आदनप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला इन्चार्ज कपिल भट्टको अध्यक्षतामा र पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम सहिद तथा वेपत्ता योद्धाका परिवारजन, जिल्लाका सक्रिय नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उमा भुजेलले जनयुद्धको लक्ष्य पुर्ण रुपमा सम्पन्न नभएकाले क्रान्ति जारी राख्नुपर्ने र माओवादी आन्दोलनको रक्षाका लागि माओवादी धाराहरुको एकता अनिवार्य रहेको बताइन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य काजी गुरुङ, प्रतिनिधि सभाका उम्मेदवारहरु योगेन्द्र कुमाल, टेकबहादुर प्रधान, बिस्णुप्रसाद रिजाल, महिला अगुवा सुस्मिता कुमालले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चान पार्टी केन्द्रीय प्रतिनिधि सदस्य रनबहादुर गुरुङले गरेका थिए।