पूर्वराजा ज्ञानेन्द्रको सवारीले जनतालाई सास्ती
काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीले सर्वसाधारणलाई सास्ती भएको छ ।
झापाबाट काठमाडौं फर्किने क्रममा उनको स्वागतका लागि समर्थकहरूले एयरपोर्टको सडक अवरुद्ध पारेपछि यातायात सेवा प्रभावित हुँदा सर्वसाधारणलाई सास्ती भएको हो ।
उनीहरुको अवरोधका कारण आन्तरिक तथा बाह्य यात्रुहरू लामो पैदल यात्रा गर्न बाध्य भएका छन् ।
राजगद्धिबाट च्युत भएको १७ बर्ष पुगिसक्दा पनि पुरानै पारा देखाएको भन्दै सर्वसाधारणले पूर्वराजाको आलोचना गरेका छन् ।