काठमाडौँ ७ का प्रत्यक्ष उम्मेदवार दिपक मानन्धर आफ्नो क्षेत्रका मतदाताहरुसँग व्यस्त
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ का प्रत्यक्ष उम्मेदवार दिपक मानन्धरले आफ्नो क्षेत्रका मतदाताहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।
काठमाडौँ ७ स्थित ठहिटी मानन्धर गुठीको अध्यक्ष नारायण दास मानन्धरको अध्यक्षतामा दिपक मानन्धरले परिचयात्मक गरेका गरेका हुन् ।
कार्यक्रमा सो क्षेत्रका २ सय भन्दा बढी मतदाता गुठि संरक्षक तथा पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
साथै गुठीका अध्यक्ष नारायण दास मानन्धर, उपाध्यक्ष लक्ष्मीएस मानन्धर, सचिव प्रकाश मानन्धर लगायात सम्पूर्ण सदस्यहरुले उत्साहपूर्ण सहभागिता जौदै दिपक मानन्धरलाई यो क्षेत्रबाट जसरी पनि विजयी गराउने प्रतिवद्दता जनाएका थिए ।
