रवि लामिछाने र बालेन शाहसँग घण्टी समर्थकहरु विच्किए

आइतबार, ३ फाल्गुन २०८२

काठमाडौँ – रवि लामिछाने र बालेन शाहसँग घण्टी समर्थकहरु विच्किएका छन् । रवि र बालेनलाई हेर्न भनेर आएका समर्थकलाई धुला उडाउँदै अगाडि बढेपछि कपिलवस्तुका घण्टी समर्थकहरु रिसाएका हुन् ।

रवि र बालेन दुबै जना दिनभर कपिलवस्तुको तौलिहवा र बहादुरगञ्जमा भेला भएका समर्थकलाई नभेटेर सरासर अघि बढेपछि स्थानीय कार्यकर्ता तथा समर्थकहरु खिन्न भएका हुन् ।

सनिबार दिनभर कपिलवस्तुमा हुने भनिएको कार्यक्रमको बीचबाटै उनीहरु फर्केका थिए । तौलिहवा र बहादुरगञ्जमा नरोकिएर बालेनको सवारी साधनन सरासर अघि बढेपछि स्थानीय कार्यकर्ता तथा समर्थकहरु खिन्न भएका हुन् ।

केहीबेर अघि रवि लामिछाने पनि एकाएक परासी गएका थिए ।