नेपालको निर्वाचन परिणाम पनि बंगलादेशको जस्तै हुन्छ : अध्यक्ष ओली
काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि सोही परिणाम आउने बताएका छन्।
काठमाडौंबाट आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने उल्लेख गरेका हुन् ।
बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो। चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका छन् ।
मतदाता भेटघाटका लागि ओली आज झापा पुगेका छन् ।